• २०८३ बैशाख २८ गते सोमवार

चीन पुग्यो तालिबान, भारतमा हलचल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन, १४ एजेन्सी । अफगानिस्तानको कट्टरपन्थी विद्रोही समूह तालिबानका शीर्ष नेताहरू चीन पुगेका छन्। तालिबानको पुनःउदय भैरहँदा त्रस्त भारतमा भने यो घटनालाई लिएर हलचल मच्चिएको छ।

बीबीसी हिन्दीका अनुसार तालिबान नेता मुल्लाह अब्दुल गनी र चिनियाँ विदेशमन्त्री वाङ्ग यीबीच बुधबार उत्तरी चीनको तिआनजीनमा भेटघाट भेटवार्ता भएको हो।

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशी फर्किएको दोस्रो दिनमै तालिबानी नेता चीन पुगेका हुन्। कुरैशीले पनि चिनियाँ समकक्षीसँग भेटवार्ता गरेका थिए। अफगानिस्तानमा तालिबान विद्रोहीलाई पाकिस्तानले सघाइरहेको भारतले आरोप लगाउने गरेको छ।

पाकिस्तानले आफ्ना विदेशमन्त्री र उनका चिनियाँ समकक्षीबीच अफगानिस्तान मामिलामा कुराकानी भएको जानकारी दिएको छ।

चीनको सरकारी मिडियाहरूका अनुसार चिनियाँ विदेशमन्त्रीले तालिबानी नेताहरूलाई चीन विरोधी आतंकवादी संगठन इस्ट तुर्किस्तान इस्लामिक मूभमेन्टबाट अलग हुन भनेका छन्।

तालिबानी प्रतिनिधिमण्डलका नेताहलाई पूर्वी तुर्किस्तान इस्लामिक मूभमेन्ट एक आतंकवादी समूह भएको र संयुक्त राष्ट्रसंघले समेत यसलाई सोही करार गरेको चिनियाँ अधिकारीहरूले बताएका थिए। तालिबानले सो संगठनसँग सम्बन्ध अन्त्य गर्ने चीनको माग रहेको खबरहरूमा उल्लेख छ।

भारतीय मिडिया द हिन्दूका पत्रकार र चीनबारे पुस्तक लेखेका अनन्त कृष्णनले चिनियाँ विदेशमन्त्री वाङ्ग र तालिबानी नेताहरूबीच भएको भेटघाटलाई लिएर ट्वीटरमा लेखेका छन्, ‘चीनका विदेशमन्त्रीले तालिबान र आतंकवादी संगठनबीच स्पष्ट फरक देखिनुपर्ने बताएका छन्। तालिबानले पनि आफ्नो भूमिबाट चीनमा कुनै नोक्सानी हुन नदिने प्रतिबद्धता जनाएका छन्।’

Sharing

प्रतिक्रिया दिनुहोस