साउन १२, काठमाडौं । नेपाल खेलकुद महासंघको समन्वयमा गत आइतबार खेलाडीहरुलाई खोप लगाइएको छ ।
गत १० गते ५ सय जना खेलाडीलाई कोभिड बिरुद्धको खोप लगाइएको हो ।
नेपाल खेलकुद महासंघ र राष्ट्रिय खेलकुद परिषदको संयुक्त पहलमा कोभिड-१९ बिरुद्धको खोप अभियान अन्तर्गत दोश्रो पटक साउन १० गते काठमाडौंको वीर अस्पतालमा ५०० भन्दा बढी खेलाडी, खेल प्राविधिक, खेल कर्मचारी, खेल पदाधिकारी तथा खेल पत्रकारहरुलाई पहिलो डोजको भेरोसिल भ्याक्सिन लगइएको खोप संयोजनमा खटिएका महासंघका उपत्यका विशेष प्रदेशका सह सचिव विवेक घिमिरेले खबर 24 नेपाललाई जानकारी दिए ।
उक्त खोप जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले उपलब्ध गराएको थियो भने वीर अस्पतालले खोप लगाउन लाई खोप केन्द्र उपलब्ध गराएको थियो ।
खोप प्रमुख डा. झलक गौतम , जिल्ला जनस्वास्थ्य प्रमुख बद्री बहादुर खड्का, वीर अस्पतालका खोप केन्द्र प्रमुख डा. अच्युत कार्कीको टीम र नेपाल सरकार स्वास्थ मन्त्रालयलाई खोप उपलब्ध गराएकोमा नेपाल खेलकुद महासंघले विशेष धन्यवाद दिएको छ ।