साउन १०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर जोडेर टिकटक भिडिओ बनाएको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाले मेचिनगर नगरपालिका वडा नम्बर ६का ३८ वर्षीय सोमप्रसाद घिमिरेलाई गत बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

Central Cyber Bureau, Kathmandu
ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार नेपाल प्रहरीको साइबर ब्युरोले जिल्ला प्रहरी कार्यालय झापासँग समन्वय गरी उनलाई पक्राउ गरी शुक्रबार काठमाडौं ल्याएको हो। टिकटकमा ऐन कानुनले बर्जित गरेका सामाग्रीहरू बिगारेर भिडिओ बनाएका थिए । उनीमाथि जिल्ला अदालत काठमाडौंबाट सात दिन हिरासतमा राख्ने अनुमति लिएर थप अनुसन्धान अघि बढाएको छ।