• २०८३ भाद्र १८ गते बिहिवार

गायिका मिनाको नयाँ गीत बजारमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ४, काठमाडौं । नयाँ मौलिक तिज गीत ‘माइत बरिलै’ गएको हप्ता सार्वजनिक गरिएको छ। गीतले छाेटाे समयमै बजारमा चर्चा बटुलेकाे छ यस गीतमा चर्चित गायक खुमन अधिकारी र लोकप्रिय गायिका मीना बेल्बासेको दमदार स्वर रहेको छ। गीतकार नविन घिमिरेले लेखेका हुन्, जसका यसअघि पनि विभिन्न गीतहरू बजारमा आइसकेका छन्। गीतमा संगीत तेज सिलवालको रहेको छ।

सार्वजनिक भएलगत्तै गीतले युट्युब, फेसबुक रिल्स र टिकटकमा श्रोता दर्शकको बढेको गायिका मिना बेल्बासले बताइन् । यतिबेला बजारमा छाडा पन गीत आइरहेकामा यो गीतले तीजको संस्कार, मायालु बोल र आकर्षक लयले सजिएको यो गीत दिदीबहिनीको मन जित्ने विश्वास लिइएको छ ।गायिका मिना बेल्बासे पनि अवार्ड विजेता हुन गायिका मिना बेल्बासेले हरेक वर्ष तीज गीतलगायत विभिन्न विधाका गीत सार्वजनिक गर्दै आएकी छिन्। औपचारिक संगीत यात्राबाट करिअर सुरु गरेकी उनी २०८० को ‘विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड’ विजेता पनि हुन्। केही समय अगाडि मात्रै उनको तिम्रो बोली अघाइन सुनेर’ गीत टपमा पुगेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस