• २०८३ बैशाख १६ गते बुधवार

माइतीघरमा यातायात व्यवसायीको प्रदर्शन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, १० असार । यातायात व्यवसायीहरूले भाडा समायोजन र कोभिड-१९ विरुद्धको खोप माग गर्दै विरोध र्‍याली निकालेका छन्। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आह्‍वानमा माइतीघरमा र्‍याली निकालिएको हो।

र्‍यालीले गर्दा यसक्षेत्रमा केहीबेर सवारी जाम भएको थियो। व्यवसायीहरू यातायातको कागज पत्र नवीकरण र जरिवाना छुट गर्नुपर्ने, यातायातको बिमा छुट,२० वर्ष पुगेका सवारीको अवधि थप गर्नुपर्नेलगायत माग राखेर आन्दोलित छन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वानमा गरिएको प्रदर्शनमा यातायात क्षेत्रमा काम गर्नेहरूलाई कोरोनाविरूद्ध खोप लगाउनुपर्ने, महामारीका कारण संकटमा परेको व्यवसायलाई मौद्रिक नीतिमार्फत समाधान गर्नुपर्ने, यातायातको बीमा छुट समायोजन गर्नुपर्ने, नवीकरण र जरिवाना छुट गर्नुपर्ने माग राखिएको छ ।

७ बुँदे मागमा यीबाहेक यातायातको भाडा समायोजन गरिनुपर्ने, २० वर्ष सवारीको अवधि थप गर्नुपर्ने र सडक कानून लागू गर्नुपर्ने माग पनि उनीहरूको छ । आफूहरूको माग पूरा नगरे सार्वजनिक सवारी ठप्प पार्ने व्यवसायीले चेतावनी समेत दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस