• २०८३ भाद्र २१ गते आइतवार

काठमाडौँ जिल्ला क्रिकेट संघद्वारा स्वर्गीय करण खतिवडाको परिवारलाई २५ हजार सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१ , काठमाडौं । काठमाडौँ जिल्ला क्रिकेट संघले रसुवा–नुवाकोट क्षेत्रमा भएको विनाशकारी विपद्मा आमासहित ज्यान गुमाएका नुवाकोट क्रिकेट संघका सचिव स्वर्गीय करण खतिवडाको परिवारलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

विपद्का कारण करण खतिवडा र उहाँकी आमाको निधनप्रति दुःख व्यक्त गर्दै काठमाडौँ जिल्ला क्रिकेट संघले शोकसन्तप्त परिवारलाई सानो सहयोगस्वरूप उक्त रकम प्रदान गर्न लागेको जनाएको हो।

संघले यस दुःखद घडीमा स्वर्गीय खतिवडाका परिवारजन तथा आफन्तप्रति हार्दिक समवेदना व्यक्त गर्दै दुःखको यस समयमा परिवारप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको जनाएको छ।

काठमाडौँ जिल्ला क्रिकेट संघले स्वर्गीय करण खतिवडा तथा उहाँकी आमाको आत्माले चिरशान्ति पाओस् भन्दै शोकाकुल परिवारलाई यो दुःख सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस