• २०८३ बैशाख २१ गते सोमवार

कोरोना गार्डको प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१, काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने भन्दै बिक्रीमा ल्याइएको कोरोना गार्ड नकिन्न सर्वसाधारणलाई आग्रह गरेको हो ।

मन्त्रालया सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना गार्डले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा कुनै काम नगर्ने भएकाले त्यस्ता भ्रमपूर्ण गार्ड नकिन्न आग्रह गरेका छन् ।

विज्ञापनमा गरिए जस्तो यस्तो यन्त्रले कोभिड–१९ भाइरसलाई निस्क्रिय बनाउने वा सो यन्त्रको प्रयोग गरेर मास्क लगाउनु नपर्ने भन्ने कुरा भ्रामक र तथ्यहीन छ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘अहिलेसम्म कोभिड–१९ लाई यसरी नियन्त्रण गर्ने कुनै प्रविधिको विकास भएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस