• २०८२ साउन ४ गते शनिवार

नेकपाको चियापानस्थल भृकुटीमण्डप सूर्य चिन्हको झण्डाले छपक्कै

पढ्न लाग्ने समय : २ मिनेट

असोज २९, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बुधबार चियापान कार्यक्रम आयोजना गरेको छ । बडादसैं, तिहार तथा छट पर्वका अवसरमा गरिएको चियापान कार्यक्रममा नेकपाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ ।

चियापानका लागि छुट्याइएको भृकुटीमण्डप बगैचामा कार्यक्रम स्टेज, चियापान क्षेत्र, सांस्कृतिक कार्यक्रम स्टेज बनाइको छ ।

कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख नेताहरु माधव कुमार नेपाल, विष्णु पोखरेल, नारायकाजी श्रेष्ठलगायतका नेताहरु उपस्थित भएका छन् ।

चियापानस्थल भृकुटीमण्डपको गेटदेखि भित्र बगैचासम्म ध्वजापताका र गेट बनाएर सजाइको छ । कार्यक्रममा स्थलमा पूर्वएमालेको चुनाव चिन्ह सूर्य चिन्ह अंकित झन्डा धेरै मात्रामा राखिएको छ ।

साथै अहिलेको नेकपाको चुनाव चिन्ह सूर्यभित्र हसियाँ हतौडाको झन्डा पनि राखिएको छ । कार्यकर्ताले नेकपाको चुनावचिन्ह अंकित टोपी लगाएका छन् ।

दिउँसो १२ बजेदेखि ३ बजेसम्म नेता कार्यकर्ताका लागि चियापानको व्यवस्था गरिएको छ भने ३ बजेपछि कुटनीतिक नियोगका अधिकारीका लागि चियापानको व्यवस्था गरिएको छ । कुटनीतिक नियोगका पदाधिकारीका लागि छुट्टै कार्यक्रम स्थल बनाइएको छ ।

कार्यक्रमलाई ब्यवस्थित बनाउनका लागि स्वंयसेवक तथा सुरक्षाकर्मीहरुको परिचालन गरिएको छ ।

३५ हजारका लागि यस्तो छ चियापानको मेन्यू
चियापानका लागि अपर्ण ब्यांकेटले खास्टाकचौरी, निम्की, लड्डु, केरा र चियाको व्यवस्था गरेको छ । ३५ हजार हाराहारीलाई पुग्ने गरी चियापानको तयारी गरिएको हो । १ सय २० जना कर्मचारी ब्यांकेटले खटाएको छ । चियापानका लागि ३ दिनदेखि सो खानेकुरा तयारी गरिएको ब्यांकेटका ब्यवस्थापक रबिन्द्र हुमागाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस