असार ३१,काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञाबारे निर्णय गर्न तीनै जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । बिहीबार दिउसो ४ बजे बैठक बस्ने भएको हो ।

काठमाडौं उपत्यकामा पूर्ण रुपमा निषेधाज्ञा खुला गरिएको छैन । उपत्यका भित्र सवारीहरु संचालन भएपनि काठमाडौं बाहिर जाने तथा आउने लामा दुरीका सवारी पास विन संचालन संचालन गर्न पाइरहेका छैनन् । आजको बैठकले लामो दुरीका सवारी संचाल गर्ने नगर्ने वा स्वास्स्थ्य सचेतता अपनाएर संचालन गर्ने भन्नेबार निर्णय हुने भएको छ ।
दोस्रो लहरको कोरोना महामारी नेपालमा फैलिएसँगै गत बैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना महामारीको जोखिम केही कम भएसँगै निषेधाज्ञा पनि खुकुलो बनाइदैछ ।