• २०८३ कार्तिक ९ गते आइतवार

पशुपति बहुमुखी क्याम्पसमा अनेरास्ववियुको सम्मेलन आयोजक कमिटि गठन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १९, काठमाण्डौ । पशुपति बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्रारम्भिक कमिटि सम्मेलन आयोजक कमिटि गठन गरिएको छ। नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ को कार्यालयमा भएको विद्यार्थीहरुको भेलाले प्रकास अधिकारीको संयोजकत्वमा ५१ सदस्यीय सम्मेलन आयोजक कमिटि चयन गरेको हो ।

अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य सागर भट्ट,संजय दुवाडी ,राजकुमार महतारा , क्याम्पसका पुर्व प्राक अध्यक्ष धुर्व प्रसाद घिमिरे सहित केन्द्रिय सदस्यहरुको उपस्थितिमा भएको भेलाले कमिटिको सह संयोजकमा सरोज खनाललाई चयन गरेको थियो। काठमाडौंको उत्तरपूर्वी क्षेत्रको शैक्षिक केन्द्रका रुपमा २०३७ शालमा स्थापना गरिएको पशुपति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेतृत्व गर्न नसकेको अवस्थामा चयन भएको कमिटिले संगठन र रचनात्मक गतिविधिमा जोड दिनुपर्ने एक नेताले बताएका छन।

Sharing

प्रतिक्रिया दिनुहोस