• २०८३ मङ्सिर ५ गते शुक्रवार

थप २१६९ कोरोना संक्रमित थपिए, २२ को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ (पीसीआर) र ४३ हजार ४५ (एन्टिजेन) पुगेको छ । यस्तै बितेको २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ । यस्तै २२ जनाले सोही अवधिमा ज्यान गुमाएका छन् । यस्तै हालसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस