असार २१, काठमाडौं । नेपाली कांग्रेसको समायोजन समितिको बैठक आज बस्दैछ । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिको बैठकले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिने सन्दर्भमा देखिएको विवाद समाधानका लागि छलफल गर्ने भएको छ ।

अपरान्ह ४ बजेपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सप्तरी, बारा, काभ्रे, काठमाडौं, रुपन्देहीलगायत जिल्लामा देखिएको समायोजनसम्बन्धी विवादबारे छलफल हुने बताइएको छ ।