असार २०,बर्दिया । बर्दियामा लागुऔषध कारोबार गर्ने एक युवक पक्राउ परेको ईलाका प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ । प्रहरीका अनुसार, शनिबार बर्दिया जिल्लाको मधुबन नगरपालिका वडा नं.९ चोक र नं.१२ स्थित केही मानिसहरुले लागु औषध ब्राउनसुगर कारोबार गरीरहेको भन्ने सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो नेपालगंज शाखा र ईलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट संयुक्त रुपमा खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा, सिर्जनशिल टोल स्थित हुलाकी सडक खण्डमा बस्ने वर्ष ३६ का कमल शर्मा रहेका छन् । चेकजाँच गर्दा निजको साथबाट बिक्री गर्ने अभिप्रायले पुरिया बनाई लुकाई छिपाई राखेको लागु औषध ९ब्राउन सुगर० १० ग्राम ४२० मिलिग्राम फेला पारी प्रहरीले प्रक्राउ गरेको हो ।
उक्त बरामद गरिएको लागुऔषध र निज कमल शर्मालाई पक्राउ गरी लागु औषध मुद्दामा आवश्यक कारबाही र अनुसन्धान कार्यको लागि अगाडी बढाईएको प्रहरीले जानकारी दिएको छ ।