• २०८३ जेष्ठ २३ गते शनिवार

राप्रपाको महाधिवेशन कात्तिकमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १९, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ । शनिबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कार्तिक २७–३० सम्म काठमाडौँमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको हो ।

यस्तै सक्रिय सदस्यता वितरण भदौ मसान्तसम्म गर्ने र असोज २० गतेसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने तालिका छ । प्रदेश कार्य समितिको निर्वाचन असोज १५ गतेसम्म गरिने भएको छ । वडा/गाउँ/नगर/प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधीसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन भदौ मसान्तसम्म गरिनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस