• २०८३ बैशाख २३ गते बुधवार

देशव्यापी रुपमापाँचलाखवृक्षारोपण कार्यक्रमको शुभारम्भ

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असार १८, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल‘देशव्यापी वृृहत राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८’ को शुभारम्भ गरेको छ । संघले देशव्यापी रुपमाकम्तिमापाँचलाखविरुवाको वृक्षारोपण गरी प्रकृको संरक्षण तथा सम्बद्र्धन गर्ने लक्ष्यका साथउक्तकार्यक्रमको शुभारम्भ भएको हो ।

केन्द्रीय कमिटीको आयोजनातथाललितपुर जिल्ला कमिटीको व्यवस्थापनमानेकपाएमालेको केन्द्रीय सदस्य, पूर्वमन्त्रीतथा संघका इन्चार्जमहेश बस्नेतले आजगोदावरी नगरपालिका वडा नं २ विशङ्खुको कोटडाँडा स्थित भिमेश्वर मन्दिर परिसरमाअमलाको बिरुवा रोपेर उक्तकामको शुभारम्भ गर्नुभयो । उक्त अवसरमा आज विशङ्खुको सो मन्दिर परिसरमा एक हजार दुई सय भुगोल सुहाउँदो फलफूल तथा औषधीजन्य जडीबुटी रोपिएको छ । संघले शुक्रबारदेखि गरेको सो कार्यक्रमआउँदो साउन ८ गतेसम्मअर्थात २२ दिननिरन्तर अघि बढ्ने योजना बमोजिम ललितपुर भर कूल पाँच हजार बिरुवा रोपिनाका साथै मुलुकभर कम्तिमा पाँच लाख बिरुवा रोपिने भएको संघले जानकारी गराइएको छ ।

No description available.

।त्यस्तै प्रत्येक विद्यालय, स्वास्थ्यचौकी, पार्क, सडक, सार्वजनिक संस्थालगायतका क्षेत्रहरुमाविशेष प्राथमिकता साथ फलफुलजन्य वृक्षारोपण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा वृक्षारोपण र सो बाट उत्पादनहुने वृक्षले मानिसलाई बाँचुन्जेल चाहिने अक्सिजन प्रदान गर्ने, मानिसको जन्मदेखि मृत्युसम्म वृक्षको अहमभूमिका रहनाका साथै उत्पादीत वृक्षले सामाजिक अनि आर्थिक र वातावरणीय फाइदा गराउँदै वनजङ्गल तथा रुखहरुमा बस्ने चराचुरुङ्गी लगायत जङ्गली जनावरको व्यवस्थापनमा मद्दत गर्दै हाल मुलुकले भेलिरहेको जलवायु परिवर्तनको समस्या निराकरण गर्न अतुलनीय योगदान गर्ने चर्चा गरियो ।

No description available.

कार्यक्रममा नेता बस्नेतले वृक्षारोपण कार्यले दैनिक जीविकोपार्जन, वातावरण सन्तुलन लगायत खाद्यान्न आपूर्तिको समेत आवश्यकता पुरा गर्दै आएकाले संघसो कार्यमा अघि बढेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “यस कार्यले शहर अनि समाजलाई सौन्दर्य बनाउनाका साथै हरियालीकरण गरी प्राकृतिक संरक्षणमा जोड दिनेछ ।” मुलुकभर रहेका वनउपभोक्ता समितीहरुसँग आफूहरुले सहकार्य गरी ती फलफूल तथा औषधीजन्य जडीबुटीको संरक्षण गरी उज्यालो शहर बनाउने उहाँले दाबी गर्नुभयो ।

No description available.

सो वृक्षारोपणको काम काठमाडौँ उपत्यकाको साँगादेखि गोदावरीसम्मका खाली तथा प्राकृतिक जोखिम रहेका क्षेत्रमा फुल, कपुर अनि लप्सी लगायतका बिरुवा लगाएर हराभरा बनाउनु पर्नेमा नेता बस्नेतले जोड दिनुभयो । वन तथा जैविक विविधता जोगाउनु असल मानवको दायित्व रहँदा भइपरि आउने प्राकृतिक विपतीलाई न्यूनिकरण गर्न वृक्षारोपण कार्यले सहयोग गर्ने बस्नेतले जिकीर गर्नुभयो । मानव जीवनको अस्तित्व संरक्षण गर्न वनजङ्गलले अहम भूमिका खेल्ने भएकाले यसलाई संरक्षण तगा संवद्र्धन अनि आधुनिकीका साथै वैज्ञानीकिरण गर्दै अघि बढिने भएको नेता बस्नेतले जानकारी गराउनुभयो ।

No description available.
यसैगरी कमिटीका अध्यक्ष किरण पौडेलले प्राकृतिक सम्पदा तथा वन्यजन्तुको संरक्षण गर्नु असल व्यक्तिको कर्तव्य रहेकाले मुलुककापर्यटकीय तथा विद्यालय अनि खुला क्षेत्रमा उदाहरणीय तवरले सबैले देख्ने र भोग्ने गरी काम अघि बढाइने बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस