असार १७, म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ मिठौलामा बुधबार राती भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। सिमलचौरबाट पुर्णगाउँतर्फ जादै गरेको ग १ ज ७६५२ नम्बरको जिप घुम्तिबाट खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
मृत्यु हुनेमा मंगला गाउँपालिका–१ पुर्णगाउँकी १९ वर्षीया सबिना भण्डारी र १५ वर्षका बिमल बिक रहेका छन । उनिहरुलाई बेनी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए
दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइते हुनेमा १९ वर्षीय अनिल रसाइली, २५ वर्षीय सुदन आचार्य, २६ वर्षीय एञ्जिता भण्डारी, ८ वर्षीय अदिना नेपाली, ३५ वर्षीय गिता खत्री र २३ वर्षीय अमृता रसायली रहेका छन । उनिहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ। घाइते र मृतक सबै मंगला गाउँपालिकाको वडा नम्बर १ का हुन्।
जिप सडकदेखि करिब ५०० मिटर तल खोल्सामा खसेको थियो। राती सवा आठ बजेतिर दुर्घटना भएको थियो। घाइतेको स्थानीयबासी र प्रहरीले उद्दार गरेर बेनी पठाएका थिए। सिमलचौर–मिठौला–पुर्णगाउँ मंगलाको केन्द्र बाबियाचौरदेखि वडा नम्बर १ लाई जोड्ने वैकल्पिक सडक हो।