• २०८३ जेष्ठ ७ गते बिहिवार

हराएको मोटरसाइकल सम्बन्धित धनीलाई फिर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १४, हेटौंडा ।  मकवानपुर प्रहरीले दुईवटा हराएको मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । हेटौंडा १० का ५८ वर्षीय भवनाथ भट्टराईको १३ वैशाखमा आफ्नै घरबाट हराएको ना. ६३ प २१६ नम्बरको मोटरसाइकल हेटौंडा-१ चौकीटोलमा फेला पारी सम्बन्धित् धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

त्यसैगरी हेटौंडा-१० का ४५ वर्षीय खड्क सिं वाईवाको मोटरसाइकल १३ वैशाखमा हराएको थियो । हेटौंडा- ४ मा पार्किङ गरेर राखेको बा.प्र. ०३–००५ प ३११७ नम्बरको मोटरसाइकल हेटौंडा-२ मा फेला पारी सम्बन्धित धनीलाई बुझाइएको मकवानपुर प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस