असार ५, रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछापले पार्टी सदस्यता नवीकरण तथा वितरणको अभियान सुरु गर्ने भएको छ। नेकपा एमाले बागमती प्रदेश कमिटीले जारी गरेको निर्देशन बमोजिम जिल्लामा संगठित सदस्यता नविकरण र नयाँ सदस्यता बितरण गर्न लागिएको एमाले जिल्ला कमिटी रामेछापका सचिव पुरुषोत्तम कडरियाले जानकारी गराएका छ्न।
असार मसान्तसम्म कायम रहेका र नयाँ सदस्यता लिएका सदस्यहरु मात्रै एमालेको वडा, गाउँपालिका, नगरपालिका, जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशनमा भाग लिन योग्य हुने एमाले रामेछापले जनाएको छ । आवेदन फाराम र नवीकरण फाराम सोमबार साँझसम्म जिल्ला सदरमुकाम मन्थलीमा आईपुग्ने सचिव कडरियाले जानकारी दिएका छ्न ।
‘जिल्ला पार्टी कार्यालयमा आवेदन फाराम र नवीकरण फाराम आईपुगेपछि सबै गाउँपालिका, नगरपालिकाहरुमा सहज उपलब्ध हुने बताउदै कडरियाले भन्छ्न ” हामीले पुन हाम्रो सांगठनिक जीवन अपडेट गर्नुपर्ने भएको छ, यसलाई अभियानकै रूपमा लिएर हामी टोल-टोलमा जान्छौ।”
करिब दशहजार सङगठित सदस्य रहेको एमालेमा आन्तरिक कलह चलिरहेको भएता पनि युवा नेतृत्व पाएपछि कम्तीमा दोब्बर बनाउने लक्ष नेकपा एमाले जिल्ला कमिटी रामेछापले लिएको छ।