असार ४, काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका अन्तर्गत वडा नं १० मा आ ब २०७८/७९ को बार्षिक बजेट तथा योजना संकलन गरिएको छ । योजना संकलन कार्यक्रम चन्द्रागिरी नगरपालिकाका प्रवक्ता एंव वडा नं ११ का वडा अध्यक्ष हरि भक्त महर्जनको प्रमुख आतिथ्यतामा भएको हो ।

नेकपा एमाले चन्द्रागिरि नगरपालिका वडा नं. १० कमिटी अध्यक्ष शिवकुमार महर्जनको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं १०का जनप्रतिनिधिहरु भेष नाथ आचार्य, सिता महर्जन, कान्छि नेपालीको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेकपा एमालेका वडा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा बिभिन्न क्षेत्रहरु समेट्ने गरी योजनाहरु संकलन कार्यक्रम सम्पन्न गरियो । उपस्थितहरुले शिक्षा, स्वास्थ्य, सडक, बाटो, खानेपानी लगायतका आफ्नो वडामा आवश्यक योजनाहरु संकलन गरेका थिए । वडा कमिटीले संकलन गरेको योजना वडा अध्यक्षको मार्फत नगर सभामा लगिने पार्टी कमिटी अध्यक्ष महर्जनले बताए ।
