• २०८३ मङ्सिर १ गते सोमवार

नेपालले नेदरल्याण्डसविरुद्ध पहिला ब्याटिंग गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ७, काठमाडौं ।   आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिज अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्डसविरुद्ध पहिला ब्याटिंग गर्ने भएको छ । सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको हो ।

नेपालले पछिल्लो खेलमा नामिबियासँग हार बेहोरेको छ भने नेदरल्याण्डसको यस सिरिजमा पहिलो खेल खेल्दैछ । नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म ५ एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले ३ खेल जितेको छ भने २ खेल नेपालले जितेको छ । पछिल्लो पटक दुवै देशबीच २०२५ जुनमा खेल भएको थियो र सो खेल नेपालले १६ रनले जितेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस