• २०८३ असार ९ गते मङ्गलवार

पाकिस्तानको ईश्वरनिन्दा सम्बन्धी कानुन महिला अधिकार दबाउन प्रयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३, पाकिस्तान । पाकिस्तानको विवादास्पद ईश्वरनिन्दा या इस्लाम धर्मप्रति अपमान सम्बन्धी कानून महिला अधिकारकर्मीबिरुद्ध प्रयोग गर्न थालिएको छ ।हालसालै दुई पाकिस्तानी अदालतहरूले ईश्वरनिन्दा कानूनको उल्लंघन गरेको आरोपमा पाकिस्तान महिला मार्चका आयोजकहरू विरुद्ध मुद्दा दर्ता गर्न सरकारी अधिकारीहरूलाई निर्देशन दिएको थियो । उक्त आरोप पुष्टि भए इस्लाम धर्मप्रति अपमान गर्नेलाई मृत्युदण्ड समेत दिनसक्ने पाकिस्तानमा व्यबस्था छ ।

पाकिस्तानले लामो समयदेखि मुलुकका अल्पसंख्यक समुदायलाई नियन्त्रणमा राख्न उक्त हतियारको प्रयोग गर्दै आएको छ । गत मार्चमा महिला अधिकारकर्मीले लाहोर, हैदराबाद, सुकुर, कराँची, इस्लामाबाद र पेशावर लगायत पाकिस्तानका विभिन्न शहरहरूमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन कार्यक्रमको आयोजना गर्दै महिला अधिकारको माग गरेका थिए ।

यो वार्षिक जमघटमा प्रतिबन्ध लगाउन खोज्ने कट्टरपन्थी इस्लामाबाद उच्च अदालतमा समेत मुद्दा दायर गरेका थिए । महिला मार्चको बखत ईश्वरनिन्दाको नारा प्रयोग गरिएको कट्टरपन्थीहरुको आरोप छ । तर आयोजकहरूले मार्चमा सहभागीले महिला अधिकारको कुरा गरेको तर इस्लाम धर्मप्रति कुनै अपमान नगरेको बताउँदै आएका छन् । पाकिस्तानमा धार्मिक स्वतन्त्रता दयनिय रहेकाले कसैमाथी नियन्त्रणमा राख्न इस्लाम धर्मको अपमानको आरोप लगाएर मुद्दा चलाइने गरिएको छ । स्रोतः याहु न्यूज

Sharing

प्रतिक्रिया दिनुहोस