असार२३, काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको बैठक सुरु भएको छ । स्रोतका आनुसार बुधबार मध्यान्हबाट कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको हो ।

पार्टी एकताका लागि बनेको कार्यदलका सदस्यहरु बैठकमा अध्यक्ष ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचीव प्रदिप ज्ञवाली,स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल सहभागी बन्नु भएको छ भने नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त भिम आचार्य सहभागी हुनुहुन्छ । आजको बैठक बिहान १० बजे बस्ने तय भएपनि १२ बजेपछ मात्रै सुरु भएको हो ।
सिंहदरबारमा बैठक बस्नुअघि उपाध्यक्ष रावल वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुग्नु भएको थियो । एमाले विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका छन् ।