असार २, पर्सा । वीरगञ्जबाट ६५ किलोग्राम लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने ५१ वर्षीय रामकुमार मोक्तानलाई साँझ ५ बजे वीरगञ्ज-१८ भवानीपुर सडक छेउबाट ४ वटा प्याकेटमा ६५ किलो गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ परेका मोक्तानविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।