• २०८३ असार १६ गते मङ्गलवार

राष्ट्रिय युवा संघद्वारा ‘खोप स्वयम् सेवक’ परिचालनः ८ बुँदे निर्देशन जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

जेठ  २८,काठमाडौँ। सत्तारुढ दल नेकपा एमालेको प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि देशव्यापी स्वयम् सेवक परिचालन गर्ने भएको छ ।

आज संघका अध्यक्ष किरण पौडेलद्वारा जारी स्वमय् सेवक परिचालन सम्बनधमा ८ बुँदे विशेष निर्देशन दिएको छ । कोरोनाको संक्रमण नेपालमा आएसँगै संक्रमण्दरलाई न्युनिकरण, रोकथाम, नियन्त्रण, राहत तथा जनचेतनामूलक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको उल्लेख गर्दै संघले जारी गरेको निर्देशनमा सरकारले नागरिकको जीवनलाई सुरक्षा गर्ने उद्देश्यका साथ शुरु गरेको खोपको उचित व्यवस्थापन, सहज तथा प्रभावकारी बनाउन स्वयं सेवक परिचलन गर्न मातहतवका सवै कमिटीलाई विशेष निर्देशन दिएको हो ।

राष्ट्रिय युवा संघद्वारा जारी विज्ञप्तीमा भनिएको छ : सरकारले हाल उपलब्ध खोपलाई निश्चित मापदण्ड अपनाई नागरिकलाई खोप सेवाप्रवह गरी राखेको छ र तीन महिना भित्र सबै नेपालीलाई खोपसेवा उपलब्ध गराउने घोषणा गरेको छ र त्यस अनुरुपको आफ्नो प्रयास तिव्र रुपमा जारी राखेको छ । नेपालमा भिड-१८को सुरुवाती चरण देखीनै हाम्रो संगठनले यस्को नियन्त्रण, रोकथाम, राहत तथा उद्दार लगाएतका माध्यमबाट देशव्यापी रुपमा युवा स्व्यमसेवक परिचालन गर्दै आएको छ । यसै सन्धर्भमा अहिले आम जनताको प्रमुख माग र सरोकारको रुपमा रहेको कोभिड १८ खोपसेवालाई अझ सहज र प्रभावकारी बनाउन राष्ट्रिय युवा संघ नेपालले देशव्यापी रुपमा भ्याक्सिन भोलन्टियर परिचालन गर्ने निर्णय गरेको छ । देहाय बमोजिमको कार्यसुचीका आधारमा आ-आफ्नो क्षेत्र र भुगोलमा उक्त बुदाहरुको रचनात्मक तथा प्रभावकारी कार्यन्वयन गर्न गराउनु हुन सम्पूर्ण मातहत कमिटिमा निर्देशन गरिन्छ ।

१. प्रत्येक टोल तह सम्मका नागरिकहरु जस्ले प्रि-आवेदन दर्ता गरेका छैनन उनिहरुको विवरण संकलन गरि खोप केन्द्रसम्म पुर्याउने तथा अनलाइन आवेदन दर्ता गराउने ।

२. प्रत्येक टोल तह सम्मका नागरिकहरु जस्ले प्रि-आवेदन दर्ता गरेका छैनन उनिहरुको विवरण संकलन गरि खोप केन्द्रसम्म पुर्याउने तथा अनलाइन आवेदन दर्ता गराउने ।

३. स्थानिय जनप्रतिनिधी तथा स्वास्थ्य प्रतिनिधिसंग समन्वय गरि जनसरोकारका विषयहरुको सम्बोधन गर्न पहल गर्ने बृद्ध बृद्धा, अशक्त, अपांग, असहायहरुलाई यातायातको व्यवस्थापन सहित सुरक्षित तवरले खोपकेन्द्रमा लाने ल्याउने ।

४. खोप सेवामा क्रियाशील चिकित्सक, स्वास्थ्यकर्मी लगायतलाई चिया खाना, खाजा आदिका लागि आवश्यक सहयोग गर्ने

५. खोपकेन्द्रमा लामबद्ध नागरिकले सहज, सरल तरिकाले खोप लगाउन पाउने प्रबन्ध मिलाउन साथै खानेपानी शौचालय आदिको व्यवस्थापन गर्ने ।

६. खोपकेन्द्र खोप तालिका लगायतका जानकारीमुलक सन्देश प्रवाह गर्ने

७. यस अलावा खोप केन्द्र तथा मैदानमा आइपर्ने सबै किसिमका स्व्यमसेबी भूमिकाका निम्ती कुयाशिल रहने

८. सरकारको स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गर्ने र गराउने ।

यि सबै कामहरु सम्पन्न गर्नका निम्ती प्रत्येक खोपकेन्द्रमा एक शिफ्टमा तीनजनाका दरले र खोपकेन्द्र बाहेक प्रत्येक वडामा १५ जना स्वयमसेवक परिचालन गर्ने ।

Sharing

प्रतिक्रिया दिनुहोस