जेठ २७, काठमाडौँ। भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २ हजार २१९ कोरोना संक्रमितको मृत्यु भएको छ ।
भारतमा हालसम्म कोरोनाका कारण ३ लाख ५३ हजार ५२८ जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनको तथ्यांक अनुसार २ करोड ९० लाख ८९ हजार ६९ जनामा कोरोना संक्रमण भइसकेको छ ।