• २०८३ बैशाख १४ गते सोमवार

झुण्डिएको अवस्थामा एक युवक मृत फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १८, कञ्चनपुर । कञ्चनपुरमा एक युवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । शनिबार कृष्णपुर नगरपालिका–२ वाणीका २५ वर्षीय रमेश चौधरी घरकैको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कञ्चनपुरले जनाएको छ ।

चौधरी कोठा भित्र प्लाष्टिकको डोरीले झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । उनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस