जेठ २६, एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोनलाई सार्वजनिक स्थलमा झापड हानिएको छ। भीडलाई नजिकबाट अभिवादन गर्ने क्रममा एक व्यक्तिले मंगलबार झापड हानेका हुन्।

उनलाई झापड हानिएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको हो। राष्ट्रपति माक्रोनले दक्षिणी फ्रान्सको भ्रमणका क्रममा त्यहाँको कार्यक्रमलाई सम्बोधन गरेर भीडमा नमस्कार गर्दै नजिक पुगेका एक पुरूषले उनको गालामा चड्कन हानेका हुन । ती पुरुषलाई सुरक्षाकर्मीले नियन्त्रण लिएकाे थियाे भने राष्ट्रपति माक्रोनलाई तुरुन्तै सुरक्षित स्थानतिर लगेको थियाे । राष्ट्रपति माक्रोन फर्केर पुनः कार्यक्रममा सहभागी भएको बताइएको छ।
#Macron se fait gifler en direct de #Tain pic.twitter.com/tsXdByo22U
— Alex ⚜️ (@AlexpLille) June 8, 2021
हालसम्म ती पुरुषले माक्रोनलाई किन झापड हाने भनेर उनको नियत प्रष्ट खुलिसकेको छैन। तर उनले भीडमा पहिले नै ‘मोंजुवा सान्ट डेनी’ भनेर चिच्याएका थिए। त्यो नारा फ्रान्सेली इतिहासका राजा शार्लामेनको समयसँग जोडिएको बताइएको छ। सो घटनापछि दुई जना पुरुषलाई नियन्त्रणमा लिइएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन्। उनीहरूले अधिकारीहरूले सोधपुछ गरिरहेको बताइएको छ।