जेष्ठ २४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा कोरोनाका एक हजार ११५ सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९७०, ललितपुरमा १९० र भक्तपुरमा १३५ मा सङ्क्रमणको पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या करीब २० हजार रहेको छ । काठमाडौं जिल्लामा १२ हजार ५९, ललितपुरमा चार हजार ६७४ र भक्तपुरमा तीन हजार ५९१ जना सक्रिय सङ्क्रमित छन् । काठमाडौंमा हालसम्म एक हजार ७११, ललितपुरमा ४८६ र भक्तपुरमा ३४२ सङ्क्रमितको मृत्यु भएको छ ।