जेठ २३, सिरहा । सिरहाको मिर्चैयामा शनिवार बेलुका औषधी व्यवसायीमाथि गोली प्रहार भएको छ । मिर्चैया नगरपालिका ५ घर भई मूख्य चोकमा सिद्धि मेडिकल हलका सञ्चालन गरेका ३९ वर्षीय रामसागर साफीमाथि पसलमै ३र४ जनाको समूहमा आएका व्यक्तिहरुले गोली प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार साफीको दाँया खुट्टा र हातमा गोली लागेको छ । उनको उपचार मिर्चैयाकै मङ्गलम हेल्थकेयरमा भइरहेको छ। पसलमा हिसाव मिलान गरिरहेको बेलामा बत्ति गएको मौका छोपी अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। प्रहरीले घटनामा संलग्न रहेको अशंकामा तीनजनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।