जेठ २१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार काठमाडौँमा ८९७ जना, भक्तपुरमा १८८ जना र ललितपुरमा २९९ जना कोरोना संक्रमित भेटिएको हो ।
मन्त्रलायका अनुसार काठमाडौंमा हाल १३ हजार ९६७, ललितपुरमा पाँच हजार ६०९ र भक्तपुरमा चार हजार ४८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । काठमाडौंमा हालसम्म एक लाख ९२ हजार ७८४, ललितपुरमा ३४ हजार ५१८ र भक्तपुरमा २० हजार ६२२ जनामा भाइरसबाट सङ्क्रमित भएका छन् । काठमाडौंमा हालसम्म सार्स–कोभ–२ बाट एक हजार ६७८, ललितपुरमा ४६४ र भक्तपुरमा ३३१ जनाको मृत्यु भएको छ ।
आज देशभर थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।