जेष्ठ २०, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमालेको आज अपरान्ह ४ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बस्दैछ । स्थायी कमिटी बैठकमा पार्टीको केही असन्तुष्ट नेताहरुसँगको छलफल तथा त्यसको प्रगति र समसामयिक राजनीतिक अन्य विषयमा छलफल हुने बताइएको छ ।
एमाले स्थायी कमिटी बैठक आज ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । आजको बैठक स्थगित नहुने पनि उहाँले बताउनुभयो ।