• २०८३ बैशाख २५ गते शुक्रवार

आईपीएल : पञ्जाबलाई लखनउको २०० रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, काठमाडौँ। लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई २०० रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनाएको हो।

 

लखनउका क्विन्टन डि काकले सर्वाधिक ५४ रन, कप्तान निकोलस पूरन ४२, मार्कस स्टझयनिस १९ र केएल राहुल १५ रनमा आउट हुँदा क्रुणाल पाण्ड्या ४३ रनमा अविजित रहे।

पञ्जाबका सैम करनले सर्वाधिक ३ विकेट लिए। अर्शदीप सिंहले २ विकेट लिँदा कगिसो रबाडा र राहुल चाहरको नाममा १/१ विकेट लिए ।

Sharing

प्रतिक्रिया दिनुहोस