जेठ १८, काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको बाग्मती प्रदेश कमिटीको संयोजकमा प्रकाश गौतम चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपालका सतिब समेत रहेका गौतमलाई राष्ट्रिय युवा संघ नेपालको पहिलो सचिवालय बैठकले बाग्मतीको संयोजकको जिम्मेवारी दिएको हो ।
काठमाडौं निर्वाचन क्षेत्र नं. १ का नेता गौतम यसअघि युवासघं नेपालको केन्द्रिय कमिटी सदस्य तथा काठमाडौं इन्चार्ज समेत रहेका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भएपति बनेको राष्ट्रिय युवा संघ नेपालको बाग्मती प्रदेशको प्रयोग समेत हुनुहुन्थ्यो ।