• २०८३ बैशाख १८ गते शुक्रवार

आजको एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान १० बजे बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १६, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी साँझ ५ बजे बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक आकस्मिकरुपमा स्थगन गर्नु परेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

यसअघि नेकपा एमालेले एमाले नेता माधवकुमार नेपाल पक्षका ११ जना सदस्यलाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गरेको थियो भने थप १२ जनालाई स्पष्टीकरण सोधेको थियो । साँझ बस्ने भनिएको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक छलफल तथा समसामयिक विषयमा छलफल गरिने भनिएको थियो । यसैक्रममा अकस्मात् बैठक स्थगित भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस