• २०८३ बैशाख २९ गते मङ्गलवार

दाङ प्रहरीले लागूऔषध अफिम जिप र मोटरसाइकल सहित ४ जना पक्राउ

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

श्रावण १०, दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ६ केजी ९६७ ग्राम लागुऔषध अफिमसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष गोप्य सूचनाको आधारमा देउखुरीको राप्ती गाउँपालिका १ भालुवाङमा रहेको दक्षिणकाली सोल्टी होटेलबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले शनिवार पत्रकार सम्मेलनको आयोजना गरि पक्राउ परेका अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । प्रहरी प्रमुख एसपी चन्दका अनुसार प्रहरीले उनीहरुको साथबाट ६ किलो ९६७ ग्राम अवैध लागुऔषध अफिम नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रोल्पा जिल्ला सुनछहरी गाउँपालिका वडा नं. ५ निवासी ३५ बर्षीय दुजबहादुर रोका, सुनछहरी गाउँपालिका–२ निवासी ३२ बर्षीय लालमन घर्तिमगर, सोही ठाउँ निवासी ३२ बर्षीय हर्कबहादुर घर्तिमगर र सोही ठाउँ निवासी २२ बर्षीय लालसिंह विकलाई पक्राउ गरेको प्रहरी प्रमुख चंन्दले जानकारी दिएका छन् ।

प्रहरीले लागुऔषध अफिमसहित उनीहरुको साथबाट लु १ च ६१७१ नम्वरको सेतो रङको बलेरो जिप,लु ४० प ९८०६ नम्वरको २२० सिसिको पल्सर मोटरसाईकल र विभिन्न कम्पनीका ५ थान मोवाइल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालतबाट लागुऔषध मुद्धामा १० दिनको म्यादथप गरि थप अनुसन्धान भैरहेको प्रहरी प्रमुख एसपी चंन्दले जानकारी दिएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस