सुन्दा निकै “खास” लाग्थ्यो “प्रेम” शब्द
बढ्दो उमेर संग सँगै मनका चाहनाहरु मध्ये,
अग्रपंक्तिमा जब “प्रेम” पर्यो, मैले दुनियाँ बिर्सिदिएं,
आफुलाई पनि बिर्सिदिए दिए
खै के जादु थियों त्यो “प्रेम” मा ?
अब मैले पनि कसैको निम्ति “प्रेम “महसुस गर्न थाले,
अनुमति त थिएन मलाई पनि त्यो “प्रेम”गर्न,
तर मैले हिम्मत गरे मेरो “प्रेम” लाई जिवितै राख्न,
लाग्थ्यो संसारकै सबैभन्दा महङ्गो “उपाहार” हो “प्रेम”
सुने भन्दा पनि कयौं गुणा बढी “प्यारो” लाग्न थाल्यो,
त्यो “प्रेम” शब्द,हर कोहि आफ्नो झै लाग्थ्यो,
सुनेको थिएँ -“मायामा मान्छे अन्धो बन्छन्।” रे हो,
त्यहि कुरा म भित्र पनि लागु भयो ।
म पनि “अन्धो” भएछु त्यहि “प्रेम” मा तर,
बिडम्बना बदलिदो समयलाई मानिस हरुले झुक्काएउन नसक्दो रहेछन ।
समय संग संगै हरेक “चिज” बदलियो,
र ति “चिज” हरु मध्ये ”प्रेम” पनि थियो।
हिजो निकै “खास” र “प्यारो” लाग्ने
त्यो मेरो “प्रेम” पनि बदलियो ।
र भोग्दै छन आज ,
यि आँखामा नअटेका “आशु” हरुले
ति “प्रेम” मा तोडिएका सपना हरुले,
हिजो निकै”खास” लाग्ने
त्यहि “प्रेम” जति सुन्दा “खास” र महसुस गर्दा “प्यारो” लाग्थ्यो त्यती
“खास”र “प्यारो” नहुदो रहेछ त्यो “प्रेम”
आज देख्दै छु निकै अन्जान बनेर
नियाल्दै छु आफ्नै आँखाहरुले
ति निर्दोष “प्रेम नामक” सम्बन्धमा बांधीएका प्रेमीहरुलाई,
खास यो “प्रेम” सोचे भन्दा निकै सुन्दर भैदिए,
खास “प्रेम” मा कसैको “मन” नतोडिए,
कसैको विस्वास नतोडिए, कति जाति जाति हुन्थ्यो होला है
“प्रेम” मा कसैको आँशु नझरे
“प्रेम” मा कसैको जिन्दगीन नलुटिए ।