• २०८३ जेष्ठ २५ गते सोमवार

मुगुका दुर्गम गाउँमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

खड्क सुनार पढ्न लाग्ने समय : ३ मिनेट

जेठ २५, मुगु । हिमाली जिल्ला मुगुका दुर्गम गाउँ , बस्तिहरुमा गाँउमा रहेका स्थानीयले घर–घरमा निःशुल्क आयुर्वेद औषधी तथा चेकजाँच गर्न पाएका छन् । मुगुको छायानाथ रारा नगरपालिका वडा नं १४ बाम गाउँमा बृहत् निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा स्थानीय प्रत्यक्ष लाभ लिन पाएका हुन । शनिवार आयुर्वेद स्वास्थ्य केन्द्रको आयुर्वेद चिकित्सकहरुको टोलीले त्यस क्षेत्रमा विभिन्न रोगहरुको उपचार गरिएको थियो ।

शिविरमा आयुर्वेद स्वास्थ्य केन्द्र मुगुका डाक्टर रुपेश सोनामको नेतृत्वमा गएको चिकित्सक तथा स्वास्थ्यकर्मी टोलिको उपचारमा सहभागी भएका थिए । दुई दिनसम्म सञ्चालन भएको निशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा चिकित्सकको टोलीले सेवा प्रदान गर्दा तीनसय भन्दा बढि लाई सेवा प्रदान गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले जनाएको छ । शिविरमा ३ सय २७ जनालाई सेवा प्रदान गरिएको छ भने जसमा महिला १ सय ६८ पुरुष १ सय ३८ र १ वर्ष देखि माथिका बालवालिका २१ जना लाई निशुल्क आयुर्वेद शिविरमा सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्र मुगुका कार्यालय प्रमुख डाक्टर रुपेश सोनामले बताए ।
उनका अनुसार आयोजित सो शिविरमा बाथरोग, शरीर दुख्ने , हाडजोर्नी , नसा सम्बन्धि , ग्यास्ट्रिक , श्वासप्रश्वास , कब्जियत र पाईल्स लगायतका रोगको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको डाक्टर सोनामले जानकारी दिए ।

सामान्य रोग देखिएका र यहीँ सम्भव हुने नागरिकलाई यही शिविरबाटै उपचार दिने र गम्भीर रोग देखिएका या आशङ्का लागेकालाई गमगढी बजारमा रहेको कार्यालयमा बोलाई थप उपचार गरिने आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यरत लक्ष्मिप्रसाद पाण्डेले बताए । सुलभरुपमा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका ग्रामिण स्थानमा पुगेर निःशुल्क सेवा दिने उद्देश्यले यही जेठ २२ गते बाम गाउँमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर राखेर उपचार दिइएको जानकारी दिए । यहाँका नागरिकहरुको हातखुट्टा, शरीरका बिभिन्न अंगहरु दुख्ने, पेटमा समस्या भएको हुनाले जिल्ला आयुर्वेत स्वास्थ्य केन्द्र मुगुले निशुल्क स्वास्थ्य शिबिर सञ्चालन गरेको हुदा निशुल्क स्वास्थ्य शिबिरमा चेकजाच गराएर औषधी समेत निशुल्कमा आएपछि हिजोआज माग्री गाँउको घरघरमा आयुर्वेद औषधीको प्रयोगमा वृद्धि हुदै गएको छ ।

नगरपालिकाको सबैभन्दा बढी बिभिन्न जातका जडिबुटी पाईने १४ नं वडा हो । अन्य औषधी प्रयोग गर्दा आर्थिक समस्या हुने, साइट इफिक्ट हुने, घरगाउँमै पाइने घरेलु औषधि प्रयोग गर्ने गरेकाले जनचेतनाका कार्यक्रम अघि सार्न स्थानीयले माग समेत गरेका छन् । आयुर्वेद स्वास्थ्य केन्द्रले निशुल्क स्वास्थ्य शिबिर घर आँगनमै राखेर औषधि वितरण गरेपछि आर्थिक बचत तथा समयको पनि थप बचत भएको स्थानीय बिष्णु थापाले बताईन ।
जिल्ला आयुर्वेद केन्द्रले जिल्लामा धेरै प्रकारका औषधीहरु तयार गरेको र आगामी दिनमा वडा , नगरपालिकासंग सहकार्य गरेर औषधी निर्माणमा ध्यान दिन माग समेत गरेका छन् । सानो शिविर भएपनि यसबाट स्थानीयले महत्वपुर्ण फाईदा लिने छायानाथ रारा नगरपलिका १४ नंम्वर वडाका वडा अध्यक्ष जुनबहादुर खड्काले बताए । दुई दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिबिरमा ३ सय २७ जनालाई औषधी उपचार गर्नुका साथैं दुई दर्जन भन्दा बढी प्रकारका  औषधी बितरण गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस