जेठ १३, सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको इलाका प्रही कार्यालय लाललबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले दादागिरी सैलीमा असुली धन्दा चलाएका छन् । विश्वव्यापी महामारीको रपमा फैलिएको कोरोना भाईरस संक्रमणको दोस्रो लहर तिब्रगतीमा चलेको भन्दै नेपला सरकारले घोषणा गरेको निषेआज्ञाको समयमा पनि प्रहरी निरिक्षक थापाले आफ्नो असुली धन्दा चलाएका हुन ।

प्रहरी निरिक्षक थापाले दादागिरी शैेलिमा लालबन्दीका होटल व्यावसायीहरुसंग गैर कानुनी धन्दा (देह व्यापार) चलाउन दिए वापत कमिसन लिने गरेका पाइएको छ । लालबन्दी नगरपालिका १७ मा रहेको स्टाफ होटल बाट मासिक रुपमा कमिसन लिने र उक्त होटलमा देह व्यावपार गर्न दिने गरेका पाइएको हो । त्यसैगरी लालबन्दीका केही होटलहरुमा जुवा खेलाउने र त्यसवापत कमिसन असुल्ने गरेको पाइएको हो । प्रहरी निरिक्षक थापाले आफ्ना भान्से रोशन मण्डल र सई श्रवण पराजुली मार्फत बजारबाट गैर कानुनी धन्दाको रकम असुल्ने गरेका पाइएको छ ।
उनले भन्सार छलीका सामानहरु, नदी जन्य पदार्थको दोहन, दुर्घटना भएका सवारी साधनहरुबाट कमिसन उठाउने गरेको पाइएको हो । उनले एकपछि अर्को गैर कानुनी हर्कत समेत गर्ने गरेका छन् । उनि आफैँ सहित आफ्ना मापसे गर्ने प्रहरी कर्माचारीहरुलाई लिएर दिउँसो मापसे गर्ने र डिउटीमा निस्कने गरेका पाइएको छ । त्यसका साथै प्रहरी निरिक्षक थापालाई विशेष आदर सम्मान गर्नेलाई डिउटी कम लगाउनेसमेत गरेका प्रहरी अधिकारीहरुले नै बताएका छन् ।
नेपाल सरकारले जारी गरेको निषेआज्ञा कडाईका साथ पालना गराउन प्रहीलाई जिम्मा दिइएको भएपनि प्रहरी आफैँ असुलीमा लागेपछि निषेआज्ञा समेत प्रभावकारी हुन सकेको छैन । दादागिरी शैैलीमा बजार निस्कने प्रहरी निरिक्षक थापाले आफ्ना कर्माचारीहरुलाई समेत अनादर गर्ने गरेका पाइएको छ ।