• २०८३ असार ६ गते शनिवार

कर्जा असुलीमा अतिरिक्त शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२,काठमाडौँ। नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण समस्यामा परेका ऋणीलाई कुनै पनि प्रकारको थप शुल्क, जरिबाना नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको सात दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन पनि निर्देशन दिएको छ । ऋणीलाई कुनै पनि कर्जामा जरिबाना लगाउन नपाउने, लिलामीको सूचना निकाल्न नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप र कर्जाको ब्याजदरमा परिवर्तन आए तत्काल ग्राहकलाई विद्युतीय माध्यमबाट गराउनुपर्नेछ । लघुवित्त कम्पनीलाई निषेधाज्ञा सकिएको ७ दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन निर्देशन दिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस