असोज २, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल भएको जिकिर गर्नुभएको छ । शनिबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा सांसद पोखरेलले नेपालको इतिहासमै नदेखेको असफल सरकार भएको टिप्पणी गर्नुभयो ।

अहिलेसम्म ‘बजेट होलिडे’ नभएको स्मरण गराउँदै उहाँले दुई महिनामा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने देउवा नेतृत्वको सरकार नेपालको इतिहासकै असफल सरकार भएको बताउनुभयो । संविधान संशोधन गर्ने कुरा दलित, महिलाहरूको अधिकारका लागि भन्दा पनि आफ्नो सहभागिता सुनिश्चित गर्नेतर्फ केन्द्रित भएको उल्लेख गर्दै उहाँले नेपालको संविधान विश्वमै सबैभन्दा राम्रो रहेको बताउनुभयो ।