जेठ ७, काठमाडौं । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा ५० जनमा कोरोना सक्रमण पुष्टि भएको छ । योसगैं तारकेश्वर नगरपालिकामा तिन हजार ५३० जना कोरोना संक्रमित पुगेको छ ।
पछिल्लो २४ घण्टामा २३ जना महिला र २७जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । तारकेश्वर नगरपालिकामा संक्रिय संक्रमित १०२७ जना रहेका छन् । जसमा होम आइसोलेसनमा ९७६ जना रहेको छ र अस्पताल तथा अन्य आइसोलेसनमा ५१ जना रहेका छन । भने अहिले सम्को संक्रमित संख्या ३५६० सक्रमित रहेका छन् । तारकेश्वर नगर स्वास्थ्यका अनुसार आज भएको परिक्षणमा तारकेश्वर नगरपालिकाको ९ नं. र ६ नं. वडाहरुमा सबैभन्दा धेरै संक्रमित थपिएका छन । जसमा ९ नंं वडामा १३ जना र ६ नं. वडामा ११ जना रहेका छन ।
कोरोनाबाट पछिल्लो चौविस घण्टामा १ जनाको मृत्यु भएको छ । योसगैं कोरोनाबाट मृ्त्यु हुनेको संख्या २४ पुगेको छ ।