• २०८३ बैशाख १० गते बिहिवार

करेन्ट लागेर एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुण ०३, मोरङ । मोरङ मिक्लाजुङ-६ स्थित मिक्लु खोलामा निर्माणधिन भईरहेको पुलमा ज्यामीको काम गर्दै आईरहेका सप्तरी सम्भुनाथ-४ का २२ बर्षीय रोहित साहको करेन्ट लागेर मृत्यु भएको छ । कामकै शिलशिलामा आईताबार मोटर चलाउने क्रममा अचानक बिधुत सर्ट भई करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भिर घाईते भएका उनको उर्लाबारी स्थित मंगलबारे अस्पतालमा उपचारको क्रममा आईताबार अपरान्ह ४ बजे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सम्भुनाथ घर भएका साह मिक्लु खोलामा निर्माणधिन भईरहेको पुलमा ज्यामीको रुपमा विगत केही समय देखी काम गरिरहेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस