जेठ ६, काठमाडौं । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएकी वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्कीले कोरोनालाई जित्नु भएको छ । दुई साताअघि कोरोना देखिएपछि अस्पताल भर्ना भइकी उपमेयर कार्कीको बुधबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज बिहानै उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।
‘महानगरले नै चलाएको कोभिड १९ अस्पतालमा उहाँ १३ दिन बस्नुभएको हो । उपमेयर कार्कीलाई आइसोलेसन बस्दा धेरै समस्या देखिएन। उहाँलाई रेखदेख गर्न एक जना चिकित्सक राखिएको थियो । अविवाहित उपमेयर कार्कीको आफ्नै घर छैन। उहाँ आफन्तहरूको घरमा बस्ने गरेकी छन्। आज उनी वडा नम्बर ४ स्थित भाउजूको घरमा छिन्।
२०७४ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट कार्की उपमेयर निर्वाचित भएकी थिइन्। कार्की महानगरको उपमेयर निर्वाचित हुने सवैभन्दा बढी उमेरकी व्यक्ति हुन्। लामो समय कांग्रेसको राजनीतिमा सक्रिय रहेकी उनी वीरगंगमा समाजसेवामा पनि क्रियाशील छन्। उनी कांग्रेस पर्साकी उपसभापति, वीरगंज नगरकी सभापति र नेपाल महिला संघको केन्द्रीय सदस्य भइसकेकी छन्।