जेठ ६, एजेन्सी। भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्न थालेको छ । गएको २४ घण्टामा भारतमा दुई लाख ७६ हजार दुई सय ६१ जनालाई सङ्क्रमण भएसँगै सङ्क्रमण हुनेको सङ्ख्या दुई करोड ५७ लाखभन्दा धेरै छ ।
भारतमा नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गए पनि मृत्युदर भने कम हुन सकेको छैन । गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ८ सय ८० जनाको ज्यान गएको छ । योसहित ज्यान गुमाउनेको सङ्ख्या दुई लाख ८७ हजार एक सय ५६ पुगेको छ । विश्वमा सबैभन्दा धेरै कोरोना सङ्क्रमित हुने देशको सूचीमा भारत दोस्रो स्थानमा छ ।