• २०८३ असार ११ गते बिहिवार

सांसद राजीव खत्रीको टिप्पणी- नो भोटको धज्जी, आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट गर्नपर्ने !

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य चयनको निर्वाचन जारी रहेका बेला असन्तुष्टि बढ्दै गएको छ । रास्वपा सांसद राजीव खत्रीले मतदान व्यवस्थाप्रति टिप्पणी गर्दै आफ्नै प्रतिद्वन्दीलाई अनिवार्य मत दिनुपर्ने व्यवस्था गरिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले संसारमा यस्तो मतदान हुदैन होला भन्दै आफ्ना प्रतिद्वन्दीलाई अनिवार्य मत दिनुपर्ने अवस्था रहेको बताएका छन् । उनले नो भोटको धज्जी उडाइएको भन्दै आलोचना गरेका छन् । उनले भनेका छन्- ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । No Vote को धज्जी ।’

रास्वपाले नो भोटको वकालत गर्दै आएको भएपनि आफ्नै निर्वाचनमा सो अभ्यास भने गरेको छैन । सांसद खत्री मात्र होइन धादिङकी सांसद आशिका तामाङ, मोरङका सांसद गणेश कार्कीले पनि मतदानमा राखिएको उम्मेदवारको रोलक्रमका विषयमा प्रश्न उठाएका छन् ।

अहिले पहिलो चरणको मतदान अन्तिम चरणमा पुगेको भएपनि दोस्रो चरणको मतदानसम्म धेरै जस्तो प्रतिनिधि फर्किने अवस्था बनेको देखिएको छ । मतदान व्यवस्था अस्तव्यस्त भएपछि पहिलो चरणको मतदानपछि प्रतिनिधिहरु धमाधम फर्किरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस