जेष्ठ ४, काठमाडौ । मंगलबार सिंहदरबारस्थित बसेको सत्तारुढ नेकपा एमाले एकतावद्ध गराउन गठित कार्यदलको बैठक सम्पन्न भएको छ । बैठकले पार्टी एकताबद्धका लागि कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तय गर्ने निर्णय गरिएको नेकपा एमालेका स्थायी कमिटी सदस्य डा.भीम रावलले जानकारी दिनुभयो ।
कार्यदलमा ओली पक्षका संयोजक सुवास नेम्वाङ, नेपालका तर्फका संयोजक भीम रावल र सदस्यहरुमा विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, रघुजी पन्त र विष्णु रिमाल सदस्य हुनुहुन्छ । गएको ३१ वैशाखमा ओली र नेपाल समूह बीच २ जेठ २०७५ को एमाले संरचना, विधान र नेतृत्व अनुसार जाने सहमति पछि कार्यदल बनेको हो ।