• २०८३ असोज ३० गते शुक्रवार

राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
असोज ३०, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ ।
सङ्घीय संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज उहाँले प्रमाणीकरण गर्नुभएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस