• २०८३ जेष्ठ १८ गते सोमवार

कोरोनाले सप्तकोसी नगरपालिकाकी उपमेयर चौधरीको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ४, सप्तरी । कोरोना संक्रमणका कारण सप्तरी सप्तकोसी नगरपालिकाकी उपमेयर आशा चौधरीको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराइरहेकी ४० वर्षीया चौधरीको मंगलबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताए ।

नेकपा एमालेबाट उपमेयर निर्वाचित उनलाई संक्रमण देखिएपछि १० दिनअघि नोबेल अस्पताल भर्ना गरिएको थियो । उनी गर्भवतीसमेत थिइन् । नोबेलमै उपचारका क्रममा तीन दिनअघि चौधरीको पेटबाट मृत बच्चा निकालिएको थियो । घरमै गरिएको एन्टिजेन परीक्षणका क्रममा उपमेयर चौधरी, उनका पति र छोरामा संक्रमण देखिएको थियो । स्वास्थ्यमा केही जटिलता महसुस भएपछि स्थानीय उपचार केन्द्र हुँदै थप उपचारका लागि नोबेल अस्पताल लगिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस