जेठ ३, कास्की । नेपाल कम्युनिष्ट पार्टी (एमाले)गण्डकी प्रदेशका इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एमालेलाई वैचारिक, सैद्धान्तिक, सागठनिक, सांस्कृतिक एवं भावनात्मक रुपमा एकतावद्ध र सुदृढ बनाउनु अहिलेको मुख्य कार्यभार भएको उल्लेख गर्दै यसका लागि कडा अनुसासन आवश्यक रहेको कार्यालयले औंल्याउनुभएको छ ।
मदन–आश्रीत स्मृति दिवसको अवसरमा विज्ञिप्त जारी गर्दै मुख्यमन्त्री गुरुङले सामन्तवाद, दलाल नोकरशाही पूंजीवाद र साम्राज्यवाद विरुद्धको संघर्षका क्रममा प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ पार्दै नेपाललाई एक्काइसौं शताब्दीको पहिलो समाजवादी मुलुकका रुपमा स्थापित गर्न बलियो आधार तयार पार्न आवश्यक रहेको गण्डकी प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङले बताउनुभयो ।
विज्ञप्तीमा उहाँले भन्नुभएको छ, “यसका लागि पार्टीलाई एकता र फलामे अनुशासनका साथ अगाडि बढाउँदै निष्ठा र धैयतापूर्वक लाग्न आजको यस ऐतिहासिक दिनले हामी सवैलाई थप प्रेरित गर्न सकोस् भन्ने कामना गर्दछ ।”
