• २०८३ साउन २२ गते शुक्रवार

राष्ट्रपति पौडेलसँग दक्षिण कोरियाका राजदूत तेयङको बिदाइ भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, काठमाडौं ।   राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयङले बिदाइ भेट गरेका छन् ।

विहिबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटका अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकालमा नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप सुदृढ बनाउन तथा द्विपक्षीय सहकार्य विस्तारमा पुर्‍याएको योगदानका लागि राजदूत पार्कप्रति धन्यवाद व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल र दक्षिण कोरियाबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ मजबुत हुँदै जाने विश्वास व्यक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस